संवाद ओलि बा संग

नामुद युट्युबे र फेसबुके पत्रकार भष्मासुरले नेपालको हालको प्रधानमन्त्रीसंग लिएको अन्तर्वातालाइ तल प्रस्तुत गरीएको छ


भष्मेः नमस्कार म हजुर हरू कै प्यारो भष्मे र आज मसंग हुनुहुन्छ नेपालका प्रधानमन्त्री ओलि बा । उहाँ नामुद हास्यकलाकार, पौडीबाज, सिकारी, खेलाडि इत्यादिका रूपमा पनि परिचित हुनुहुन्छ । 

स्वागत छ ओलि ज्यु तपाईलाई आजको यस अन्तर्वातामा ।


ओलि बाः  धन्यबाद


भष्मेः आज म जनताको प्रश्न र गुनासोहरू हजुर सामु प्रस्तुत गर्ने छु । आशा गर्दछु तपाईले जानताका उत्सुक्तालाई ध्यानमा राखेर यि प्रश्नहरू को जवाफ दिनु हुने छ ।


ओलि बाः  अवश्य, म सक्दो संक्षिप्तमा, अर्थात चाहिने कुरा केहि नभनि, प्रश्नको उतर दिने प्रयास गर्ने छु ।


भष्मेः तपाईलाई अवगत नै छ, कोरोना भाईरसको त्रासमा पनि नेपालि युवाहरू सरकारको लाचारता, सुस्थता र अनियमितता विरूद्ध ‘Enough is Enough’ को नारा लिएर सडकमा उत्रिएका छन् । यसमा तपाई के प्रतिक्रिया दिन चाहानु हुन्छ ? 


ओलि बाः   नेपालका युवा भनेका नेपालका निकट भविष्य हुन् । यस्तो माहामारीको समयमा युवाहरू सडकमा उत्रिनु नेपालको भविष्य खतरामा पार्नु हो । यस्तो समयमा त आरामले घर बस्नु, हिमालसँग आईनपुग्दै चिसिएको हावा लिएर आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढाउनु, (मनमनैः काठमाडौ जस्ता सहरको हावा दुषित भएको कुरा ननिकालोस यो पत्रकारले)  जिरा झानेको दाल, बेसार हालेको तरकारी  ( फेरी नेपालको तरकारी फ्यालेर , इन्डियाको विषादि युक्त तरकारी भित्राइएको छ भन्ला यसले, बुद्धि बिग्रिएर यसको कार्यक्रममा आएछु । ) खुरसानी र धनियाँ हालेको अचार टन्न खाएर कोरोनासंग लड्नु । कोरोना लाग्दै लाग्दैन नि । ( भाइरोलोजिमा वरिष्ठता हासिल गरेका वैज्ञानिक र कयौँ वर्षको अनुभव हासिल गरेका डाक्टरले भनेको कुरा त मतलब नै भएन नि)


भष्मेः अनि प्रधानमन्त्रि ज्यु, कोरोना टेष्ट गर्ने PCR मेसिन नै पर्याप्त मात्रामा नभएपछि बेसार खाएर कोरोना नलागेको कुरा कसरी थाहा पाउने नि ?


ओलि बाः   तपाई मान्छे बाठो हुनुहुन्छ जस्तो लाग्थियो मलाई तर हैन रहेछ । PCR मेसिन पर्याप्त भयो भने त नेपालमा भएका सम्पुर्ण कोरोना संक्रमितको संख्या थाहा भइहाल्छ नि । वास्तवमा PCR मेसिन नेपालमा  नभएको भए नेपालमा कोरोना नै आउदैन थियो । 


भष्मेः  कोरोना लागेको पुष्टि नहुदैमा नेपालमा कोरोना छैन भन्न त मिल्दैन होला नि ? सयौको संख्यामा मान्छे मर्न थाले  भने ?


ओलि बाः   ए बाबा मैले कति चोटि भनिसके नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो छ के । अमेरीका, इटाली जस्ता बिकसीत मुलुकमा हजारौको संख्यामा संक्रमितहरूको मृत्यु भएको छ , नेपालमा हजार कटाउन सकिएको छैन । यहाँ WHO को राहात ल्याउनको निम्ति आत्महत्या गर्नेलाई पनि कोरोनालागेको पुष्टि गराउनु परेको छ । ( WHO को राहातको लागि म नै सुइकिए पनि कोरोना भन्दिन्छन् । हाच्छिउ गरेर कोरोना पचाइदिनु पर्छ भनेकोमा कति मेमे बन्ने होला) 


भष्मेः  मन्त्रि ज्यु , देशभरि गरिएको लकडाउन अहिले हालसालै केहि खुकुलो भए पनि कयौँ नेपालिलाई एक छाक निस्तो भात खान हम्मे हम्मे छ । टन्न खाएर कोरोनासंग कसरी लड्ने ?


ओलि बाः   कसलाई छ एक छाक खान हम्मे हम्मे ? नेपाल भिखारी मुक्त देश भइसक्यो । अब कसैले पनि कचौरा, ताम्रो थापेर मागेर खान पर्दैन । म हिड्दा कहि पनि भिखारी देखदिन । 


भष्मेः  (मनमनैः कालो सिसा भएको गाडि चढेर सवारी हुदा का देखिन्छ हौँ । यो समयमा आत्महत्याको घटना बढेको छ भनेर त जता ततै छ त । पत्रिका नपढेनि Twitter त चलाउछन् त बुढा । )  अनि मन्त्रि ज्यु, विभिन्न मन्दिरहरूमा त अझै पनि गाँस र बास को टुङ्गो नभएको मानिसहरूको भावविहोल गराउने दृश्य देखिन्छ त । अनि कसले भन्छ नेपाल भिखारी मुक्तदेश हो? 


ओलि बाः   भरखरै मैले भने त सुन्नु भएन ? बाटामा नदेखिए भएन ? अब भिखारी कता गएर बस्छन् सरकारलाई थाहा हुन्छ ? त्यहि पनि सरकारले राहातहरू बाढिरहेकै छ । ( अब फेरी बाजुरामा ३ किलो चामल दिएर ३० किलो बुझिलिएको रसिद बनाएको घट्ना को कुरा निक्लिने भयो , काण्ड पनि के के गर्न जानेको ? यसै कमेडि गर्न परेको हैन नि ।)


भष्मेः राहातको कुरा आउदा यो कोरोनाको समयमा खर्च भएको १० अर्बको हिसाब सरकारले कहिले दिन्छ ?


ओलि बाः   (फेरी १० अर्बको कुरा, यो नेपालीहरूको बिर्सिने बानीलाई के भयो आझकाल ? निर्मला हत्याकाण्ड , डा. गोविन्द के सिसंग गरेको संझौता, कृष्ण बहादुर महराको काण्ड, गोकुल बास्कोटाको ७० करोड जसरी बिर्सिदिए हुने नि)

खालि १० अर्ब १० अर्ब , ए बाबा खर्चै भएको छैन का बाट देखाउनु ? कमिसन दिदा दिदै सकिहाल्यो नि । धन्न त्यो ५ वटा काम नलाग्ने PCR मेसिन भए पनि आएको छ।  तर भष्टचार चै भएको छैन है । हाम्रो सरकार भष्टचार मुक्त छ ।


एउटा कुरा , खालि सरकारको विरोध मात्र किन गरिन्छ ? सरकारले गरेको राम्रो कामको तारिफ गर्न पर्दैन ? मैले पढ्ढा नेपालको नक्सामा लिम्पियाधुरा देखेको नै थिएन त्यै पनि लिपुलेख, कालापानि र लिम्पियाधुरा सरकारले फिर्ता ल्यायो त ।


भष्मेः मन्त्रि ज्यु, त्यो काम त सरकारले गर्नै पर्ने थियो नि, साहासिक काम थियो समर्थन सबैले गरे, नक्सा र निसान छापमा त आयो, अब त्यस ठाँउमा रहेको इन्डियन सेना, इन्डियाले एक पछिय रूपमा सुरू गरेको सडक निर्माणको बारे केही गर्न परेन ? सशस्त्र प्रहरी मात्र नभइ , नेपालि सेनाको गण पनि पठाउन मिल्दैन ?


ओलि बाः   तपाई धेरै बाठो नहुनु होस् न । विपक्षीले विरोध गर्ने अर्को बहाना पाउछ के । नक्सा निकालेर बल्ल तल्ल त महाकालि सन्धिमा आफ्नो पार्टिको पनि हात रहेको कुरा ढाक छोप गरेको छु ।  

त्यही पनि फास्ट ट्याक, स्वास्थ्य उपकरण खरिद गर्ने जस्ता संवेदनशिल कार्य सरकारले गर्न नसकेपछि कस्लाई जिम्मा दिने ? स्वास्थ्य मन्त्रालयका पुर्व महानिर्देशक जस्तो सबै दोष लगाएर सरूवा गर्न मिल्ने धेरै छैनन्र के।


भष्मेः  हालसालै निस्किएको बजेटमा सरकार मै पनि कत्तिको चित्त बुझेको छैन । के यस्तो समयमा जनताबाट जबरजस्ती कर उठाउनु उचित थियो ? राष्ट्रिय ढुकुटी चलाउन मिल्दैन ? 


ओलि बाः  राष्ट्रिय ढुकुटि चलाउन किन नमिल्नु, मज्जाले मिल्छ । तर फेरि हिसाब देखाउन पर्छ ।

त्यो भन्दा त बरू पछि वैदेशिक भ्रमणमा जान्छु , हिसाब देखाउन पनि सजिलो । स्पेन गएर मेसीलाई भेट्ने कत्रो रहर छ । मेसी नै किन भन्नु होला , इमपोर्टेन्ट कुरा मिस गर्ने र संबेदनशिल कुरामा मजाक गर्ने उहाँको बानि मसंग मिल्छ के । अझ म पनि उहाँ जस्तै फुटबल खेलाडि हो ।


भष्मेः    उसोभए सबै सरकारी कर्मचारीको तलबको केहि अंश काटिदा सभासद ज्यु हरूको तलब पनि केहि कटौति गर्न सकिदैन ? सरकारको अनावश्यक खर्च कटौति गर्नै नमिल्ने छ र ?


ओलि बाः   सभासदको तलब घटाउने रे ? सरकारको खर्च कटौति गर्ने रे ? अनि त थपक्क प्रधानमन्त्री पद छाडिदिए भइहाल्यो नि । पार्टि भित्रै मलाई हटाउन के के गरेका थिए , ३ ४ वटा मन्त्रालय बेचेर टिकेको छु , त्यहि त अब के बहानामा कसलाई निकालेर मिलाउने भाको बेला खर्च कटौति रे ? 


बरू मलाई सहयोग गर्दिनुस त , सरकारका त्रुटि औल्याउन छाडेर , गरेका केहि राम्रा कामको तारिफ गर्दिनुस् । गाह्रो मान्न पर्दैन के , थोरै छन् , हातका औला मै अटछन् । 


तारिफ गर्ने वातावरण मिलाउन गोपनियता हक र सञ्चारको हक बाझिने विदेक संसदबाट पास गराउने तयारी छ ।


 भष्मेः    यि दुई हकले तारिफ गर्न कसरी रोक्यो ?


ओलि बाः     जता पनि सरकारको विरूद्ध आवाज मात्र उठ्छ । एकअर्का संगको गफमा पनि विरोध गर्न नपाए त पक्कै प्रशंशा गर्छन् । हुन त नेपालि साइबर प्रणालि सुरक्षित छैन । तर मैले पढ्दा Information Technology भन्ने विषय नै थिएन र यो मेरो सरोकारको विषय पनि हैन । मलाई त सरकार विरूद्ध उठ्ने आवाज रोक्न छ । 


 भष्मेः  तपाईलाई तारिफ नै चाहिएको भए हाल सालै क्वारेन्टाइनमै बलत्कृत भएकि महिलालाई न्याय सुनिश्चित गर्दिनुहोस् , निर्मला हत्या काण्ड , रूकुम हत्या काण्ड जस्ता कयौँ मार्मिक घटनालाई उचित न्याय दिए पनि त तारिफ होला नि ?


ओलि बाः  न्याय दिने काम सरकारको हो ? न्यायालय के का लागि ? मान्छु सरकारको दादागिरी चल्छ त्याहाँ तर पनि हामीले गर्ने काम नै हैन नि ।


त्यसमाथि पनि हाम्रो सरकार समान छ सबैको लागि । हेर्नुस हामीले गोकुल बास्कोटा , कृष्ण बहादुर महराको घटनालाइ पनि त फैसला हुन दिएका छैनौँ । यो सरकार सबैलाइ बराबर देख्छ , न्याय कसैले पाउदैन ।


भष्मेः  सरकार सबैको हो भन्नु हुन्छ । फेरी वरिष्ठताको १७ औँ नम्बरमा रहेका हजुरका निजि चिकित्सक IOM को डिन हुनुभयो , हजुरकै सालो राजधानीको मेयर हुनुहुन्छ, सालि इजराइलको राजदुत । अर्थमन्त्री पनि कम हुनुहुन्न, एकातिर सरकारसंग पैसा छैन कर तिर गर्ने अर्कातिर चकलेटको भन्सार घटाइदिने । इलेक्टिक गाडिमा अनावश्क कर लगाइदिने , फेरी बजेट भाषणकै अघिल्लो रात भन्सारबाट भटाभट विद्धुतिय गाडिमात्र छुट्छन् । अनि कसरी भयो सरकार सबैको ? 


ओलि बाः   सरकार पो सबैको त, केपी ओलि, युवराज खतिवडा त आफ्नतको पनि त हो । यति काममा पनि लगाइदिन नसक्ने प्रधानमन्त्री पनि के प्रधानमन्त्री भन्दा चसक्क मन दुख्छ के ।


नेपालिहरु पनि गजबका छन् , ठिटा ठिटिले भने बेस्ट फ्रेन्डको नाटक देखाएर नग्न तस्बिर समेत पठाउन हुने , अर्थमन्त्री ज्युले साथिको लागी जाबो कर घटाउन नहुने ?


भष्मेः   ल त्यो पनि मैले माने । तर विद्धुतिय गाडिको कर किन बढाइएको ? नेपाल विद्धुतिय इन्धनमा आत्मनिर्भर बन्न खोजेको हैन र? MCC यसैको लागि आएको हैन र? हजुर आफैले छिट्टै नेपालमा गुड्ने २० प्रतिसत गाडि विद्धुतिय हुने भनेको हैन ? अनि अहिले आएर किन १० लाखको गाडि १ अर्ब पुर्याउन लागिएको ?


ओलि बाः  विचार पुर्याएर बोल्ने , कुराहरु सिलसिला बद्ध ढङ्गले गर्ने भए म प्रधानमन्त्रीका हुन्थिए ? रबि लामिछाने , राजेन्द्र बानियाँ जस्तो पत्रकार बन्थिए नि । मेरो सिद्धान्त भनेको ठुला गफ गर्ने , र आफुलाइ चित्त नबुझेको प्रश्न आए हावामा उडाइदिने हो । सरकारमा पुग्न ऋषि धमला जस्तो हुन पर्छ । उहाँलाइ हाम्रो पार्टिमा ल्याउने प्रयास जारी छ । डा. बाबुराम भट्टराई कामि यहि पार्टिमा भाको भए म एउटा मन्त्रि दिसक्थिए ।


अर्को कुरा जुन मैले अघि पनि भने हाम्रो सरकार समानतामा जोड दिन्छ । अनि नेताहरु १ करोडको गाडि चड्ने , जनता चै १० लाखको मात्रै ? यस्तो असमनता कसरि सहने?


भष्मेः  प्रधानमन्त्रि ज्यु , हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ । जादा जादै जनतालाइ केही भन्न चहानुहुन्छ?


ओलि बाः  नेपालिहरुको दिमागले नसोचि नै कुराहरु सिधा दिलमा लिने बानि छ , कृपया यो काल्पनिक संवाद पढेर भने तेस्तो नगरिदिनु होला । टन्न बेसार खानुहोस तर कोरोना लाग्दैन भनेर मख्ख चै नपर्नु होस् । धन्यवाद


Comments

  1. The transmission frequently makes use of useful digicam amenities from numerous viewing positions. A new web development on playing platforms is live on line casino games with live dealers. This was one of the latest developments in 2010 and continues 카지노 사이트 추천 to progress quickly since then. The availability of an actual operator properly as|in addition to} a land-based on line casino offers the player with additional benefits.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

First Physical Class - Ninth Class

Languages and their function - Eight Class

Riddles, Science and Experience - Fifth Class