Posts

Showing posts from June, 2020

संवाद ओलि बा संग

नामुद युट्युबे र फेसबुके पत्रकार भष्मासुरले नेपालको हालको प्रधानमन्त्रीसंग लिएको अन्तर्वातालाइ तल प्रस्तुत गरीएको छ भष्मेः नमस्कार म हजुर हरू कै प्यारो भष्मे र आज मसंग हुनुहुन्छ नेपालका प्रधानमन्त्री ओलि बा । उहाँ नामुद हास्यकलाकार, पौडीबाज, सिकारी, खेलाडि इत्यादिका रूपमा पनि परिचित हुनुहुन्छ ।  स्वागत छ ओलि ज्यु तपाईलाई आजको यस अन्तर्वातामा । ओलि बाः   धन्यबाद भष्मेः आज म जनताको प्रश्न र गुनासोहरू हजुर सामु प्रस्तुत गर्ने छु । आशा गर्दछु तपाईले जानताका उत्सुक्तालाई ध्यानमा राखेर यि प्रश्नहरू को जवाफ दिनु हुने छ । ओलि बाः  अवश्य, म सक्दो संक्षिप्तमा, अर्थात चाहिने कुरा केहि नभनि, प्रश्नको उतर दिने प्रयास गर्ने छु । भष्मेः तपाईलाई अवगत नै छ, कोरोना भाईरसको त्रासमा पनि नेपालि युवाहरू सरकारको लाचारता, सुस्थता र अनियमितता विरूद्ध ‘Enough is Enough’ को नारा लिएर सडकमा उत्रिएका छन् । यसमा तपाई के प्रतिक्रिया दिन चाहानु हुन्छ ?  ओलि बाः   नेपालका युवा भनेका नेपालका निकट भविष्य हुन् । यस्तो माहामारीको समयमा युवाहरू सडकमा उत्रिनु नेपालको भविष्य खतरामा पार्नु हो । यस्तो समयमा त आरामल